२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

प्रचण्ड भित्र भित्र राष्ट्रघात गर्ने र बाहिर भने राष्ट्रवादको भ्रम छर्ने प्रबृदीका मान्छे हुन् : डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालमा परित गर्ने भन्दै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि टिप्पणी गरेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै पाखण्डी स्वभावको प्रवृत्तिले मुलुक नबन्ने बताएका छन् ।

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन,’ भट्टराईले भनेका छन् ।

उनले अध्यक्ष प्रचण्डलाई भित्र भित्र राष्ट्रघात गर्ने र बाहिर भने राष्ट्रवादको भ्रम छर्ने भन्दै टिप्पणी गरेका छन् ।

भट्टराईले प्रचण्डमा माछा देखे भित्र हात हाल्ने र सर्प देखे बाहिर हात निकाल्ने, भित्र खाओवाद बाहिर माओवाद प्रवित्तिको चित्रण भइसकेको आरोप लगाएका छन् ।

प्रचण्डको यो प्रवृत्तिका कारण एमसीसी जुन ढंगले गिजोलिँदै छ । त्यसको परिणाम भम्भीर हुने र अति भए खति हुने उनले उल्लेख गरेका छन् ।

डा. भट्टराईको ट्वीट

भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com