२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरेको हो ।

उक्त मुद्दामा गुरुङ दोषी ठहर भएका छन् भने पाँच जनाले सफाइ पाएको प्रवक्ता दीपेन्द्रनाथ योगीले इकागजलाई जानकारी दिए । उनका अनुसार बलबहादुर स्वार, मदनप्रसाद रिमाल, रत्नबहादुर गाहा मगर, प्रेमसिंह धामी र जलदेव चौधरीले सफाइ पाएका हुन् ।

सजाय तोक्न फागुन २५ गतेलाई पेसी तोकिएको योगीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com