२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बेलायती प्रधानमन्त्री जोन्सनले बुस्टर डोज लगाउन आफ्नो देशका नागरिकलाई गरे अपिल

काठमाडौं । बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे ।

उनले भने, दुःखको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ । त्यसैले हामीले यो भाइरसको भेरियन्टलाई हल्का रुपले लिनु हुँदैन ।’ उनले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन पनि आह्वान गरेका छन् ।

स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । उनले ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको पनि उनले बताएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com