२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् ।

अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताएका हुन् ।

अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ’ मन्त्री शर्माले भने, यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।

यसैगरी अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध लगाउन नसकिने भन्दै स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन व्यवसायीहरूलाई आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com