२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रदेश सभा २ मा अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक स्थगित भएको छ

काठमाण्डौँ । धनुषा प्रदेश नं २ को प्रदेश सभा बैठकमा दुई वटा अध्यादेश पेस गरिएको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेश सभामा पेस गर्नुभएको छ ।

अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आउँदो पुस ८ गते बिहीवार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेश सभामा पेस गर्नुभएको हो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले अध्यादेश पेस गर्न नदिने भन्दै बैठकमा अवरोध गरेको थियो । पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश सभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठकमा अवरोध गरिएको जानकारी दिनुभयो । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताउनुभएको थियो ।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गर्नुभएको थियो । लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेश सभा १५ मिनेटका लागि स्थगित गरी फेरि सुरु भएको बैठकमा अध्यादेश पेस भएको हो ।

मुख्यमन्त्री राउतको राजीनामा माग

प्रदेश नं २ को प्रदेश सभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गर्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com