२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपाली कांग्रेस : कर्णालीबाट ५ र सदूरपश्चिमबाट ७ जना समानुपातिक सांसद चयन

जनसेवा न्युज डटकम संवाददाता

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट ५ जना समानुपातिक सांसद चयन गरेको छ । पाँचै जना महिलालाई समानुपातिक सांसद बनाएको प्रकाशशरण महतले बताएका हुन् । दलित महिलातर्फ लक्ष्मी सुनार चयन भएकी छन् भने जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका छन्।

सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्। यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन्। प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा पुरुष सांसदको नाममा टुङ्गो लागेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com