२१ वर्ष पछि भारतले सन्धु मिस युनिभर्सको विजेता
काठमाण्डौ । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।
यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७० औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।
यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।