२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेपालमा विरोधपछि नयाँ संसद्‍मा राखिएको नक्साबारे भारतले दियो यस्तो जवाफ

नयाँ दिल्ली । भारतीय संसद्‍मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ । नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तिचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’

नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए । यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो चित्रमाथि प्रश्न उठाएका थिए । नेपालका धेरै इतिहासकारहरूले पनि यसलाई गलत घोषणा गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com