२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

काठमाण्डौ – प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुनेछन् । त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्।

हिजो भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो ।

यस्तै त्रिवि मैदानमा आज हुने दोस्रो खेलमा वाग्मती प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।

वाग्मतीले हिजो भएको खेलमा लुम्बिनीलाई र एपीएफले प्रदेश–२ लाई हराएको थियो । काठमाण्डौको मूलपानी मैदानमा आज हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली तथा दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेश खेल्दैछन् ।

हिजोदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com