२०८१ श्रावण ९ - Wed Jul, 2024 -

Janasewa News

आज आज २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ५२ जना र २ हजार ७८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २० हजार ८८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भए, ६ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०७ हजार ८१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख १४ हजार २२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com