२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भारतीय रक्षामन्त्री सिंहले भने नेपालसँग सम्बन्ध टुट्न र बिग्रन दिँदैनौँ’

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले शिर झुकाएर बस्न परेपनि कुनै हालतमा नेपालसँग सम्बन्ध टुट्न नदिने बताएका छन् । बुधबार उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका हुन् । चाहे जेसुकै होस, हामीलाई शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा टुट्न र बिग्रन जदिने उनले बताए ।

सिंहले आफ्नो भाषणहरूमा नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर बोल्ने गरेका छन् । उनले नेपालसँग भारतको ‘रोटीबेटी’ र विशेष सांस्कृतिक सम्बन्ध रहेको पनि बताए ।केही महिनाअघि दार्चुलामा भारतीय सीमा सुरक्षा फौज एसएसबीका जवानले तुइन काटिदिएर एक जना नेपाली महाकाली नदीमा बेपत्ता भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।

सिंहले भारतले दुनियाँको कुनै पनि देशको एक इन्च पनि जमिन कहिल्यै कब्जा नगरेको बताए । तर, आफ्नो देशतिर आँखा देखाउने कोसिस गर्नेलाई भारतले कडा जवाफ दिने चेतावी समेत दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com