२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

साकुराले सजिएको जापान

टोकियो । हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो ।

कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् ।

साकुरा फूलेसँगै जापानीहरु हानामी पार्टी (फूल हेर्ने उत्सव)मा रमाएका भेटिन्छन् । मानिसहरु साकुराको फेदमुनि गएर मिठोमसिनो परिकार खान्छन् । र, फूलकै मुनि बसेर वर्ष भरीका अनुभव साट्ने गर्छन् ।

जापानमा अप्रिल महिनाबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ । यही महिनाबाट नयाँ कम्पनीमा काम गर्नेहरूको काम सुरु हुने र आर्थिक साथै प्रशासनिक क्षेत्रमा नयाँ वर्ष प्रारम्भ हुने गर्दछ । अप्रिल महिनामा जापानमा बसोबास गर्ने नागरिकहरू पनि साकुरा जस्तै नयाँ उमंगका साथ आफूलाई फूलाउन सुरु गर्छन् । त्यसैले भनिन्छ, ‘साकुरासँगै जीवन फूल्छ, नयाँ सुरुवात हुन्छ ।’

नेपालको पहाडी भेगमा हुने पैँयुको फूललाई नै जापानमा साकुरा भनिन्छ । जापानमा साकुरा हेर्नका लागि विभिन्न देशका पर्यटकहरु आउने गरेका छन् ।

        

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com