२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

जीतु नेपालले नयाँ कमेडी शो ल्याउँदै

जनसेवा न्यूज संवाददाता

काठमाण्डौँ । हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताए ।

‘अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।

जीतुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाएका छन् । त्यसैले शोको बिषयमा उनले अहिले धेरै कुरा बताउन चाहेनन् । ‘छिट्टै शोको बिषयमा पत्रकार सम्मेलन हुनेछ’ उनले थपे ।

‘मुन्द्रेको कमेडी क्लब’ शो का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उक्त कार्यक्रम उनले केही अगाडि बन्द गरेका थिए । शो बन्द भएको जानकारी दिन उनले पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com