२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

चर्चित गजल ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनमा सार्वजनिक : रचना रिमालको स्वर

गायिका रचना रिमाल

, काठमाडौं । चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो ।

दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु पन्तको सांगीतिक करिअरमा यो गजलले थप उचाइ नै दियो ।

सोही चर्चित गजल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो । सफल यो गजललाई विपिन किरणले रचेका हुन् । गजलमा महेश खड्काको संगीत सुन्न सकिन्छ ।

बिहीबार ‘किरण क्रियसन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गजलमा किरण कँडेलको एरेञ्ज छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com