२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीको सानदार जित, पुलिस क्लब पराजित

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत् घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोलले हरायो । मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ ।

अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाखेलले च्यासललाई १–० गोलले हरायो । दशरथ रंगशालमा भएको खेलमा उसका लागि विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । जितसँगै जावलाखेल चार अंकका साथ १० औँ स्थानमा उक्लिएको छ । च्यासल ११ औँ स्थानमा झरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com