आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित
![](https://www.janasewanews.com/wp-content/uploads/2021/12/SaWcpShWY-11.jpg)
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु टोली लिड्स युनाइटेडलाई हराएको छ ।
आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित भयो ।आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोबीले एकरएक गोल गरे ।
लिड्सका राफिन्हाले एक गोल फर्काए । जितसँगै आर्सनलको १८ खेलमा ३२ अङ्क छ । आर्सनल चौथौ स्थानमा छ । लिड्स १६ अङ्कका साथ १६औँ स्थानमा छ ।