२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन ट्रफिक सप्ताह शुरु

काठमाण्डौँ । झापासहित प्रदेश–१ का १४ जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन ट्रफिक सप्ताह शुरु भएको हो ।

झापामा सात बर्षीया ऋषिका भण्डारीलाई हेल्मेटलगाएर झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ट्राफिक सप्ताहको उद्घाटन गरेका छन् । आइतबार बिहान आयोजित उद्घाटन कार्यक्रममा प्रभातभेरिको समेत आयोजना गरिएको थियो । साताव्यापी आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले दुर्घटना बढिजसो चालकको लापरबाहीका कारण हुने भएपनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने धारणा ब्यक्त गरे का थिए। कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले ट्राफिक नियमको पालना नहुँदा दुर्घटना हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com