२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सत्तारुढ गठबन्धनको बैठक सुरू : बैठक ढिला सुरु भएपछि बाहिरिए माधव नेपाल

काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । सर्वदलीय बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक सुरु भएको छ ।

२ बजेका लागि तय गरिएको बैठक ढिला सुरु भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बैठक हलबाट बाहिरिएका छन् ।

समयमै छलफल सुरु नभएकाले र आफू अर्को बैठकमा जानुपर्ने भएकाले गएको उनले बताएका छन् । प्रधानमन्त्री देउवा ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुँदा बैठक बस्न ढिला भएको बताइएको छ ।

हाल सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com