पाँच दलिय सत्तारुढ गठबन्धनको बैठक सकिए लगतै बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाण्डौँ । संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ । सर्वदलीय बैठकअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो ।