२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अदालतबाट ५१ लाख जरिवाना भएका थापा पक्राउ

प्रकाशित : फागुन १०, २०७८
काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ५१ लाख जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर ७ को फैसलाअनुसार १५ दिन कैद र बिगोबमोजिम रु ५१ लाख जरिवाना ठहर गरेपछि फरार रहेका नुवाकोट लिखुका ३७ वर्षीय विनोद थापालाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंक अफ काठमाडौँ गोङ्गबु शाखाको चेक दिएर बैङ्किङ कसुर गरेकाले थापालाई काठमाडौँको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ थापालाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com