२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चिलीको राष्ट्रपतिमा ३५ बर्षिय विद्यार्थी नेता बोरिक विजयी

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित हुनु भएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन हुने बाचा गर्नुभएको थियो ।

चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com