२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

एलन मस्कको जीवनबाट सिक्नुपर्ने पाँच ठूला पाठ

एलन मस्कको जीवनबाट सिक्नुपर्ने पाँच ठूला पाठ

एजेन्सी । ‘फर्च्युन फेभर्स द ब्रेभ’ अर्थात् भाग्यले बहादुरलाई साथ दिन्छ । यो प्राचिन ल्याटिन भनाई हो । एक व्यक्ति छन् जसले मंगलमा बस्ती बसाउन चाहन्छन् । रकेटलाई पुनर्प्रयोग गर्छन्, मानिसको दिमागमा कम्प्युटर फिट गर्न चाहन्छन् । जमिन मुनि टनेलमा यातायातको नयाँ तरिका विकास गर्छन् । कार्बन उत्सर्जनमा कमी लगाउन उत्कृष्ट इलेक्ट्रिक यातायात बनाउँछ ।

र यी सबै काम गर्दा गर्दै नयाँ अन्वेषणमाथि काम गर्न बन्द गर्दैनन् ।

दक्षिण अफ्रिकी क्यानडेली– अमेरिकी व्यावसायी, इन्जिनियर र इन्भेन्टर एलन मस्क आजका सबैभन्दा प्रभावशाली र क्रान्तिकारी व्यक्तिमध्ये एक हुन् । स्टिभ जब्सको मृत्युपछि उद्यमशीलता र नविनताको दुनियाँमा एउटा खालीपन थियो जसलाई एलन मस्कले भरिदिएका छन् ।

एलन मस्क विद्युतीय कार निर्माता टेस्ला, रकेट निर्माता स्पेस एक्स र टनलिङ स्टार्टअप बोरिङ कम्पनीसहित थुप्रै कम्पनीका सह–संस्थापक हुन् ।

एलन मस्कलाई परिभाषित गर्ने त्यस्ता के शब्द छन् भनेर यहाँ सोधिन्छ भने ती शब्द के हुन् होलान् त रु

सरप्राइजिङ, मोटिभेसनल, अलवेज न्यु, फ्रि थिङ्किङ, जिनियस, फार–साइटेड, मेवरिक ९परिवर्तनकारी० लगायतका शब्दले उनलाई वर्णन गर्छन् ।

तपाईं हामी सबैले एलन मस्कबाट केही कुरा सिक्न सक्छौँ र आफ्नो जीवनमा लागू गर्न सक्छौँ ।

मस्कको जीवनका ५ ठूलो पाठ

१. सानोतिनो काम गर्ने नै होइन । गेम–चेन्जरेले मात्रै विश्वलाई फेर्ने काम गर्छ ।

२. मानव सभ्यतालाई एउटा नयाँ घर दिएर भविष्यमा आउने प्रकोपबाट जोगिन सकिन्छ

३. स्टिभ जब्सभन्दा विपरित एक ‘सफ्ट लिडरशिप’ स्टाइल पालना गर्नुपर्छ

४. इनोभेसन लिमिटलेस हुन्छन् र यसका लागि खुला दिमाग चाहिन्छ

५. फोकस हुनेछ स्पेस, सोलर एनर्जी, स्पेस इन्टरनेट र इवी

नीजि जीवनः

एलन मस्क सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया, ट्रान्सवालमा पिता एरोल मस्क ९इन्जिनियर० र आमा माये मस्क ९क्यानडा मूलकी मोडल तथा आहारविद्० को घरमा जन्मिएका हुन् । पिता जाम्बियामा एक पन्ना खानीका मालिक थिए त्यसैले मस्कको जीवन सम्पन्न रह्यो । एलन बाल्यकालमा शान्त र लजालु थिए । स्मरणशक्ति तीब्र थियो र किताब पढ्ने शौख थियो । १० वर्षको उमेरसम्म उनले यस्ता किताब पढे जुन कलेजका विद्यार्थीले पनि पढ्दैनथे । उनले कमोडोर भीआईसी–२० मार्फत् आफैँलाई कम्प्युटर प्रोग्रामिङ सिकाए र १२ वर्षको उमेरसम्म उनले एक बेसिक ल्याङ्गवेज आधारित भिडियो गेम ‘ब्ल्यास्टर’ तयार गरे । यसको कोड उनले एक म्यागजिनलाई बेचे । अफ्रिकामा हाई स्कूलको पडाई पुरा गरेर क्यानडा गए । त्यहाँ क्विन्स युनिभर्सिटीमा नाम निकाले र दुई वर्षपछि पेन्सिल्वेनिया विश्वविद्यालय गए । पढाई पूरा गरे र स्ट्यानफोर्ड विश्वविद्यालयका लागि सन् १९९५ मा क्यालिफोर्निया गए । तीन विवाह, सम्बन्धबाट पाँच जीवित सन्तानसहित मस्कको ठूलो परिवार छ । बच्चा जन्माउने बारे उनी भन्छन्, ‘हामीले धेरैभन्दा धेरै बच्चा जन्माउनुपर्छ किनभने २१०० आउँदा आउँदै मानवताको अगाडि संख्याको संकट विकराल हुनेछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com