इन्द्रेणी फुडल्याण्डमा आगलागी नियन्त्रणको प्रयास जारी

काठमाडौं । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी फुडल्याण्डको जीम सेन्टरमा आगलागी भएको हो । अहिले काठमाडौं महानगरपालिकाको एउटा दमकल आगलागी भएको क्षेत्रमा पुगेको छ । जसले आगो निभाउने प्रयास गरिरहेको छ ।

आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेका छन् । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउने काम भइरहेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: