२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

सिन्धुपाल्चोकका तीन पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार २ मा नेपाली काँग्रेस र एकमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

बाह्रबिसेमा काँग्रेस विजयी

बाह्रबिसे नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे ।​ यसैगरी उपप्रमुखमा काँग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेका थिए ।

बलेफिमा माओवादी विजयी

बलेफी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा काँग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भइन् ।

हेलम्बुमा काँग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस अघि छ ।

भोटेकोसीमा काँग्रेस विजयी

भोटेकोसी गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com