२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज संसद बैठक दिउँसो १ बजे बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । यद्यपि संसद बैठकको औपचारिक कार्यसूची भने तय गरिएको छैन ।

अमेरिकी सहयोग परियोजना एमसिसी चाँडो संसदबाट पारित गर्ने दबाबमा नेपाल रहेको छ । आजै संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ । उक्त समितिको बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ ।

गत मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक बसेर नेपालका लागि प्रस्तावित गरिएको उक्त सहयोग परियोजना चाडो पारित गर्न आग्रह गरेको थियो । डिसेम्बरभित्रै नेपालले अनुमोदन नगरेमा उक्त सहयोग फिर्ता हुने अमेरिकाको चेतावनी रहेको छ ।

तर नेपालमा भने लामो समयदेखि एमसिसीले विवाद सृजना गरेको छ । सत्ता गठबन्धनकै दलहरु एकमत देखिँदैनन् भने नागरिक स्तरमा समेत एमसिसी पारित गर्न नहुने भन्दै विरोध हुँदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com