२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रशिक्षक नआइपुग्दा क्यानले सार्‍यो राष्ट्रिय टिमको बन्द प्रशिक्षण

काठमाडौं । आजदेखि पोखरामा सञ्चालन गर्ने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण नेपाल क्रिकेट संघ (क्यान) ले स्थगित गरेको छ।

गत बुधबार क्यानको बोर्ड बैठकले आइसिसी टी–२० विश्वकप छनोटको तयारीका लागि आजदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। तर अहिले भइरहेको खेलाडी कारबाही विवादले प्रभावित हुने देखिएपछि बन्द प्रशिक्षण स्थगित भएको हो । गत बुधबारको बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो भने मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको थियो।

तर खेलाडीमाथीको कारबाहीबारे चर्को आलोचना बढेपछि क्यान वार्ताको लागि पहल गरिरहेको छ । क्यानले निरंकुशता देखाएको आरोप खेलप्रेमी र खेलाडीले लगाएका छन् । मिडियामा आफ्ना असन्तुष्टि राखेकै भरमा कारबाही गरिएको भन्दै खेलाडीले पुर्नविचार गर्न क्यानलाई आग्रह गरेका छन्।

उता, अर्कोतर्फ राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके नेपाल आइनसकेकोले पनि आज देखि हुने भनिएको प्रशिक्षण प्रधावित भएको हो । उनी आएपछि बन्द प्रशिक्षणको विषयमा निर्णय हुनेछ। उनी क्यानडाबाट नेपालका लागि आज प्रस्थान गर्ने बताइएको छ।
टी२० विश्वकपको विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

यो समूहको खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com