२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

इन्टर र नापोलीको सहज जित

इन्टर र नापोलीको सहज जित

जनसेवा न्युृज डटकम संवाददाता

इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर मिलानले जित निकालेका छन् । शनिबार राति भएको खेलमा शीर्ष स्थानको नापोलीले सासोउलोलाई ४–० गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा भिक्टर ओसिमहेनले ह्याट्रिक गरे । केभिचा कोभाराशिलाले एक गोल गरे । जितसँगै शीर्ष स्थानको नापोलीले १२ खेलमा ३२ अंक जोडेको छ । १५ अंक जोडेको सासोउलो नवौं स्थानमा छ ।

शनिबार नै भएको अर्को खेलमा इन्टर मिलानले साम्पोडोरियालाई ३–० ले हराएको छ । इन्टरको जितमा स्टेफान डी, निकोलो बरेला र जोआकिन कोरेयाले एक एक गोल गरे ।

जितसँगै इन्टरले १२ खेलमा २४ अंक जोडेर पाँचौं स्थानमा छ । अर्को खेलमा युभेन्ट्सले लेचीलाई १–० ले हरायो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com