२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रतिनिधिसभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन नगरी सिधै निर्वाचन हुने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ ।

राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो ।

निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् ।

उच्च स्रोतका अनुसार सरकारले छोटो समयमात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचन गर्न चाहेको छैन ।

प्रतिनिधिसभाको निर्वाचन सुरु भएको अवधिलाई आधार मान्दा २०७९ मंसिरसम्म प्रतिनिधि सभाको अवधि छ । यो भनेको अबको ११ महिनामात्र हो । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com