२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

साहित्य र कलाको अवमूल्यन गर्नुहुन्न : बरिष्ठ नेता पौडेल

साहित्य र कलाको अवमूल्यन गर्नुहुन्न : बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका छन् । बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली काँग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए ।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताए । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ ।

उनले भने, ‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ । देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ । साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न । साहित्य र कलालाई हामीले मिनिमाइज ग¥यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ ।’

उनले थपे, ‘हामीले केही प्रगती गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ । कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन । देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ ।’

वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com