२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा एक हजार ५ सय ३३ प्रतिनिधि हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा एक हजार ५ सय ३३ प्रतिनिधि हुने भएको छ । पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर उनले प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने र आयोजकका तर्फबाट १ सय ७९ हुने बताए । त्यस्तै सल्लाहकारबाट एक सय ४९ हने छन् । ‘

केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् । केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन्,’ महराले भने– ‘राष्ट्रिय सम्मेलन भएकाले कसैलाई नबोलाउने, ठूलो तामझाम पनि हुँदैन ।

यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सहमतिबाट मात्रै एमसीसी अघि बढ्ने बताएको छ । प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमतिबाट मात्रै एमसीसी अघि बढ्ने बताएका हुन् । उनले भने, ‘परिमार्जन नगरी राष्ट्रिय सहमतिविना एमसीसी अघि बढ्न सक्दैन । यो विषयमा हामी दृढ छौं ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com