२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले अन्तरिक्षमा आफ्नो स्याटलाइट पठाउन सक्षम भएको दावी

वीरगन्ज। नेकपा (एमाले्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले अन्तरिक्षमा आफ्नो स्याटलाइट पठाउन सक्षम भएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक विकासको अग्रपंक्तिमा पुगेको दाबी गरेका हुन् ।

उनले भने, ‘पहिला हामीसँग अन्तरिक्ष थिएन । सूचना पठाउन सक्दैन्थ्यो । तर, अहिले हामी अन्तरिक्षमा स्याटलाइट पठाउन सक्षम भएका छौं ।’ उनले थप भने, ‘देशमा अहिले विकासको लहर नै चलेको छ ।’

सूचना प्रविधिको सवालमा पनि मुलुक अग्रपंक्तिमा अघि बढेको बताउदै अध्यक्ष ओलीले कोरोना महामारीको बखत अनलाइन कक्षा सञ्चालन हुनु, जूम मिटिङ्ग गर्नुलगायतले प्रविधिमा मुलुक अगाडि बढिसकेको बताए ।

उनले थपे, ‘भारतबाट मालसामान आयात गर्न पहिला एउटा बन्दरगाह थियो । अहिले चार वटा बन्दरगाह भएको छ । समुन्द्रसम्म हाम्रो पहुँच भइसकेको छ । विकासको सन्दर्भमा मुलुक अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढिरहेको अवस्थामा दुर्भाग्य बस यो सरकारलाई ढालेर पहिलाको गठबन्धनको निकम्मा सरकारलाई ल्याई मुलुकलाई अँध्यारोमा पार्ने काम भएको छ ।’

वर्तमान सरकारको कारण मुलुकको निर्यात घटेको र आयात बढेको अध्यक्ष ओलीको आरोप छ । आयात बढ्नु देशकै लागि नराम्रो पक्ष रहेको भन्दै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकारको मुख्य काम देशको विकास, मुलुकमा उत्पादित सामानको निर्यातमा वृद्धि तथा मुद्राको समस्यालाई अन्त्य गर्नु नै रहेको बताए ।

एमालेको सरकारले सडक बालबालिकाहरुको आश्रयको लागि बस्ने, खाने र पढ्ने प्रबन्ध मिलाएको उनको दाबी छ । त्यस्तै उनले आफ्नो पार्टीको सरकारले जेष्ठ नागरिकको सम्मानको साथ–साथै सामाजिक सुरक्षा भत्ता, सबै नागरिकको बैंक खाता, कृषिको आधुनीकिकरण, उद्योग स्थापनालगायत विभिन्न ढंगले अगाडि बढाएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com