२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

माधब नेपाल प्रचण्डको असिस्टेन्ट मात्र हुन् : लालबाबु पण्डित

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबावु पण्डितले नेकपा एमाले विभाजन गरेर नेकपा एस पार्टीका अध्यक्ष बनेका नेपालमाथि अहिलेसम्मकै कडा टिप्पणी गरेका हुन् ।

कुनै बेला माधव कुमार नेपालकै निकट रहेर काम गरेका पण्डितले एमाले जस्तो पार्टी फुटाएर सानो गुटमा रमाएका माधव नेपालको अहिले हैसियत भनेको प्रचण्डको असिस्टेन्ट जति मात्रै रहेको टिप्पणी गरेका छन् । पार्टी फुटाएर नेपालले ठुलो अपराध गरेको भन्दै पण्डित उनी माथी खनिएका छन् ।

एमाले जस्तो पार्टीको सम्मानित हैसियत गुमाएर प्रचण्डको षड्यन्त्रको साझेदार बन्न जाने माधव नेपालको हैसियतनै त्यत्ती मात्रै भएको उनले जिकिर गरेका छन् ।

माधव नेपाल प्रचण्डको असिस्टेण्ट जत्ति मात्रै र उनको पार्टी नेकपा एस माओवादी केन्द्रको एउटा जनसंगठनको जत्तीको मात्रै हैसियतमा रहेको पनि पण्डितले बताएका छन् ।

अहिले प्रचण्ड र माधव नेपाल लिभिङ टुगेदरमा रहेको भन्दै उनले यो मायापिरतीले एक दिन नेपालले ठूलो दुख पाउँने ठोकुवा गरेका छन् ।

माओवादीसँग पार्टी विलय गराउँनैका लागी नेपालले एमाले फुटाएको दावी गर्दै पण्डीतले अहिलेनै एकता गरिहाल्दा सबै कुरा बाहिर देखीने भएकाले मात्रै केहि सयमलाई थाँती राखेको दाबी पनि उनले गरेका छन् । अन्तीममा माओवादी र नेकपा एसको गन्तव्य एउटै हुने पनि उनले ठोकुवा गरेका छन् ।

पण्डीतले अहिले देशनै दुई धु्रवमा बाँडिएको भन्दै एकातिर एमाले र अध्यक्ष केपी ओली र अर्को तिर अरु गठबन्धन र ती दलका नेता रहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई बाघ र अरु दलका नेतालाई बाँदर सँग उनले तुलना गरेका छन् । जसरी बाघ अगाडी आए पछि बाँदरहरु भागाभाग गर्दछन् त्यस्तै हालत ओलीको अगाडी पर्दा अरु नेताको हुने उनले भनेका छन् ।

जो जो गठबन्धन गरेर एमाले विरुद्ध मोर्चाबन्दी गरे पनि एमाले एक्लै सामना गर्न तयार रहेको भन्दै उनले सबैलाई मिलेर एमाले सँग चुनावी मैदानमा आउँन पनि चुनौति दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com