२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ढाकामा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकालेको हो । यो जितसँगै नेपालले फाइनलको यात्रा निकै बलियो बनाएको छ । अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो ।

यस्तै दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता समेत रहेको नेपालले ३ खेलमा ८ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशले खाता खोल्न सकेको छैन ।

यस्तै, नेपालको पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो।

तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी छन् । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com