अहिले नेपालमा एमसीसी पारित भए ठूलो जनविद्रोह उत्पन्न हुने वरिष्ठ अधिवक्ता : एकराज भण्डारी

काठमाडौंमा नेपाल चीन जनमैत्री समाजले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा बोल्दैं भण्डारीले जनयुद्धकालीन ४१ सुत्रीय कार्यक्रम अहिले अलपत्र पारेर प्रचण्ड बाबुराम संसदीय व्यवस्थामा हराएको आरोप लगाए ।
आज देशमा अमेरिकी हस्तक्षेप खुलेर आउँदा बाबुराम एमसीसी पक्षधर बन्नु र प्रचण्डहरु यसबारे खुला रुपले लाग्न नसक्नु बिडम्बना बनेकोमा भण्डारीले आक्रोश पोखे ।
वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारीले अहिले नेपालमा एमसीसी पारित भए ठूलो जनविद्रोह उत्पन्न हुने समेत विश्लेषण गरे ।
अहिले नेपालमा संसदीय व्यवस्था पूर्ण रुपले असफल भएकोले अब नेपाल र नेपालका सबैं पार्टीहरु जनमत संग्रहको निर्वाचनमा लाग्नुपर्ने बताए ।