हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं भनि बताए।
आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो ।
हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन उनले भने ।