नयाँ क्रान्तिकारी विचारविना पार्टी अघि बढ्दैन : मातृका यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले आइतबार पार्टीको ८ औँ महाधिवशेनलाई सम्बोध गर्दै बूढाहरुलाई छाडेर नयाँ युवाहरुलाई राजनीतिमा ठाउँ दिनु भन्नु पुँजीवादी शैली भएको नेता यादवले धारणा व्यक्त गरे ।
उनले भने, ‘अबचाहीँ नयाँ क्रान्तिकारी विचारविना पार्टी अघि बढ्दैन । बीचमा पुस्तान्तरण चलेको छ– बूढाहरुले छाड्दिनुपरो, युवाहरुलाईचाहीँ दिनुपरो । यो पुँजीवादी शैली हो क्या । स्थापित लिडरहरुलाई पाखा लगाइदिने, (देउवाजी त्यसमा खुसी भइहाल्नुहुन्छ) । तर, केही नजान्नेहरुलाईचाहीँ लिडर बनाइदिने । हामीले त हेर्यौँ, धुरन्धार अभ्यास गर्यौ, माक्र्सवाद पढेको पनि हेर्यौ । डिग्री गरेर मात्र हुने भए त ? मुख्य कुरा समाजलाई कस्ले बुझ्यौँ र त्यसले क्रान्ति अघि बढाउछ । फेस र एजले हुँदैन ।’
बीचमा माओवादीमा प्रचण्ड पथ त्याग्दा बडो संघर्ष सामना गरेको पनि उनले बताएका छन् । ‘माओवादीले विकास गरेको प्रचण्ड पथ विकास गर्नुको साटो छाड्दिऔँ र क्रान्ति रनभुल्लमा पर्यो । प्रचण्डले के गरेको भन्दै आममानिसमा प्रश्न उठ्यो,’ उनले भने, ‘सर्वप्रथम त ममै प्रश्न उठ्यो । सिपीजी, मोहनजी सबै हिँड्नुभयो । हाम्रो हविगत के भयो ? सबभन्दा पहिले मैले छाडे, सबभन्दा पहिले आएर मैले अध्यक्ष प्रचण्डलाई अब यसरी हुँदै एकजुट होऔँ भने ।’