एसीसी यू-१९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित, प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
शारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपाललाई श्रीलंकाले ३२३ रनको लक्ष्य दिएको थियो ।
श्रीलंकाले दिएको लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४७।५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन मात्र बनाउन सफल भयो ।
नेपालका लागि अर्जुन साउदले ८० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । यस्तै, विवेक यादव २९ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाएर पेभिलेन फर्किए ।
बासिर अहमद ४३ रन, सन्तोष कार्की ३४ रनर देव खनाल २८ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
श्रीलंकाको बलिङमा माथिसा पाथिराना र राभिन डि सिल्भाले सर्वाधिक ३र३ विकेट लिए भने, दुनिथ वेलाङ्गे र सेभोन डानियलले समान एक(एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाका लागि शदिसा राजापाक्षले १ सय १९ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक १ सय ३१ रन बनाए ।
यस्तै, चामिन्दु विक्रमासिंगे १ सय २६ बलमा ८ चौका २ छक्कासहित १ सय ११ रन बनाएर पेभिलियन फर्किए । सेभोन डानियल १७ र डुनिथ वेलागाले २४ बलमा ३४ रन बनाएर अविजित रहे ।
यस्तै, नेपालको बलिङमा मोहमद आदिल अलामले सर्वाधिक २ विकेट लिए । भने देव खनाल र विवेक यादवले समान १ विकेट लिए ।
समूह ‘बी’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको नतिजा पराजित भएको थियो थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतविरूद्ध २ सय ७४ रनको जित निकालेको थियो ।
समूह ‘बी ’मा दुई खेलबाट चार अंकसहित बंगलादेश शीर्ष स्थानमा छ भने दुई खेलमा चार अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ । समूह बी मै रहेको नेपाल र कुवेत अंकविहिन रहँदै बाहिरिएका छन् भने शिर्ष २ ले सेमिफाइनल खेल्नेछन् ।
समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।