२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी खेले

चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी खेले

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाडेको हो ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा चेल्सीको लागि मार्कोस अलन्सो गरे भने घरेलु टोलीको लागि क्रिस्टियानो रोनाल्डोले गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ६०औं मिनेटमा मार्कोस अलन्सोको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले काई हाभर्टजको पासमा गोल गरेका थिए ।

तर, चेल्सीको त्यो अग्रता दुई मिनेट पनि टिकेन । ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले नेमान्जा माटिचको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो याथावत छ । ३५ खेलबाट ५५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com