२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बागमतीका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित

बागमतीका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे ।

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com