२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

बेहुली लिएर फर्कने क्रममा जिप दुर्घटना बेहुलाबेहुली बाँचे ८ जनाको ज्यान गयो

काठमाडौं । प्यूठानमा भएको जिप दुर्घटनामा मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । शनिबार बिहान नौबहिनी गाउापालिकाको लुङबाट गौमुखि गाउापालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा ओखरपाटामा ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी रहेका छन् । बेहुला र बेहुली भने घाइते भएका छन् ।

बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ । त्यस्तै बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

बेहुली लिएर आएको सो जीप बेहुलाको घर आउन करिब १ किमी नजिकमा दुर्घटनामा परेको हो । चिप्लो बाटो अनि रातीको समय भएकाले यस्तो भएको हुनसक्ने आंकलन गरिएको छ । ८ जनाले ज्यान गुमाएपछि यतिबेला गौमुखी गाउँपालिका नै स्तब्ध भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com