२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बेसीशहर चामे सडक पुनस् १० दिन बन्द हुने

मनाङ जोडने एक मात्र बेसीशहर(चामे सडक पुनः १० दिन बन्द हुने भएको छ । बेसीशहर(चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।

नासों गाउँपालिका–९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।

मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन १५ दिन लाग्ने भएकाले उक्त अवधिका लागि सडक बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

यसअघि सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। बेशीसहर(चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com