२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

लादेनपछि अर्का सर्वोच्च नेता पनि अमेरिकी कारबाहीमा मारिए

लादेनपछि अर्का सर्वोच्च नेता पनि अमेरिकी कारबाहीमा मारिए

काठमाडौँ । अल कायदाका सर्वोच्च नेता अयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मारिएका छन् । आइतबार अफगानिस्तानको राजधानी काबुलको एक घरमा लुकेर बसिरहेको अवस्थामा अमेरिकाले ड्रोनबाट मिसाइल प्रहार गरेर मारेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको मृत्यु भएको बताएका छन् । बाइडेनका अनुसार अलकायदाका नेता जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको हो ।

यसअघि २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भयंकर आतंकवादी हमला गरेको अभियोगमा अमेरिकाले अलकायदाका तत्कालीन सर्वोच्च नेता ओसामा विन लादेनलाई सन् २०११ मा मारेको थियो । त्यसपछि नै जवाहिरीले उक्त संगठनको नेतृत्व सम्हालेका थिए । उक्त हमलाका योजनाकार लादेन र जवाहिरी नै रहेको बताइन्छ ।

अमेरिकाको गुप्तचर एजेन्सी सीआईएले गरेको आतंकवादविरोधी अभियानको क्रममा जवाहिरी मारिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । जवाहिरी काबुलको एक सुरक्षित घरको बाल्कोनीमा बासिरहेको अवस्थामा बाडेनको आदेशमै ड्रोनबाट उनलाई मिसाइल प्रहार गरेर मारिएको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com