२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताए ।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए । सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।

आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । फरारहरूको खोजी भइरहेको एसएसपी गिरीले बताए । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन् । पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com