इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराए

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ ।
आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो ।
सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिटी अङ्कतालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ ।
अर्को खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् ।
चेल्सी र ब्राइटनले एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । चेल्सीले खेलको २८औँ मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता बनाएको थियो तर अन्तिममा जोगाउन नसक्दा खेल बराबरी भयो । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलमा ४२ अङ्क छ ।