२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

जनसेवा न्युज डटकम संवाददाता

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्ने छन् । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली-

गोलकिपर : क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डर : अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com