२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एमालेले पोखराको उपमेयर टिकट दिएकी मञ्जुदेवी भन्छिन् : म अब उठ्दिनँ

एमालेले पोखराको उपमेयर टिकट दिएकी मञ्जुदेवी भन्छिन् : म अब उठ्दिनँ

जनसेवा न्युज डटकम संवाददाता

पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले फेरि उपमेयरको उम्मेदवार बन्न अस्वीकार गरेकी छिन्। नेकपा एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पोखराको उपमेयरमा फेरि गुरूङलाई उठाउने निर्णय गरेको थियो। पार्टीले आफूसँग सल्लाह नै नलिई उपमेयर उठाएको भन्दै उनले उम्मेदवार नबन्ने बताएकी हुन्।

‘मलाई सोध्दै नसोधी उपमेयरमा उठाउने भनेर निर्णय आएछ,’ उनले भनिन्, ‘म मेयर, उपमेयर उठ्ने दौडमै छैन, म अब उठ्दिनँ।’

पोखरा महानगरमा एमालेबाट मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षी थिए। मेयरमा दाबेदारी पेश गरेका दीपक पौडेललाई उठाउने निर्णय गरेको एमालेले उपमेयरमा भने दाबी नै पेश नगरेकी गुरूङलाई टिकट दिने निर्णय गरेको थियो। पार्टीले टिकट दिए मेयर उठ्न तयार रहेको उनले बताउँदै आएकी थिइन्।

पोखरामा मेयर उम्मेदवारका विषयमा एमाले कास्कीमा गुरूङले टिकट पाउने सम्भावना रहेको कार्यकर्ताले बताउँदै आएका थिए। मेयरको टिकट नपाएका कारण उपमेयरमा फेरि दोहोरिन नचाहेको उनी निकट कार्यकर्ताहरूको भनाइ छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com