२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

कोरोना संक्रमण बढेसँगै कतारमा पनि स्वास्थ्य सुरक्षामा कडाइ

नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतारले भोलि अर्थात् डिसेम्बर ३१ देखि लागू हुनेगरि स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो । कतारका प्रधानमन्त्री र गृह मन्त्री शेख खलिद बिन खलिफाले मन्त्रीपरिषदमा हिजो गरेको निर्णय अनुसार मापदण्डमा कडाइ गरिएको हो । अब बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन ।

यस्तै नयाँ मापदण्डअनुसार खुला क्षेत्रमा सभा तथा कार्यक्रम गर्दा त्यस ठाउँको क्षमताको ७५ प्रतिशत भन्दा नबढ्ने गरि र बन्द क्षेत्र जस्तै हलभित्र ५० प्रतिशत भन्दा नबढ्ने गरि कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ । यस्तै कार्यक्रममा सहभागीमध्ये कम्तीमा पनि ९० प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्ने छ ।

साउदीले पनि कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com