२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

विद्यालयमा नै बालबालिकालाई कोरोनाविरुद्धको खोप

उदयपुर । कोभिड विरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि खोप दिन थालेको छ ।

बुधबारदेखि जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकासहित पहाडी क्षेत्रको रौतामाई, उदयपुर गढी, ताप्ली, लिम्चुङबुङ, गाउँपालिकाका विद्यालयमा नै विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो ।

५५ हजार डोज मोडर्ना खोप जिल्लामा उपलब्ध भएपछि पहिलोपटक १२ वर्षभन्दा माथि र १७ वर्षसम्मका बालबालिकामा यो खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चीरञ्जीवी निरौलाले बताए ।

बुधबार पहिलो दिननै सात हजार विद्यार्थीलाई यो खोप प्रदान गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com