२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बहुजन शक्ति पार्टीको राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा सुरु

साना दललाई चुनाव चिह्न नदिएको गुनासो

बहुजन शक्ति पार्टीका अध्यक्ष एव पूर्वमन्त्री विश्वेन्द्र पासवानले साना दललाई चुनाव चिह्न नदिएर सरकारले गलत काम गरेको गुनासो गरेका छन् । उनले जनताको बलमा संघीयता, गणतन्त्र प्राप्त भए पनि स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजेको आरोप लगाए ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पासवानले लोकतन्त्रमा चुनाव चिह्न पनि नपाउने अवस्था स्वीकार्य नरहेको बताए । उनले साना पार्टीलाई राखिएको थ्रेसहोल्ड हटाउन कानुन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै संविधानले दिएको अधिकार समेत कार्यान्वयन गर्न सरकार असफल बनेको बताए । पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायको अधिकार स्थापित नभए ठूलो विद्रोह हुने चेतावनी उनको थियो ।

बहुजन शक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष रामसुभक हरिजनले अब आउने चुनावमा तराई मधेसका दलित समुदायले सोच विचार गरेर मात्रै मत दिनुपर्ने बताए ।​ बहुजन शक्ति पार्टीका युवा नेता राजेश सक्सेनाले दलित समुदायमाथि सरकारकै संरक्षणमा विभेद भएको आरोप लगाए ।

महाधिवेशनको बन्दसत्र रूपन्देहीको भैरहवामा हुनेछ । छैटौं महाधिवेशनले समावेशिताका सवाल र समसामयिक राजनीतिक विषयमा छलफल गरी शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com