२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

धादिङको वेनीघाट रोराङ गाउँपालिकामा २३ औँ मजदुर वलीदान दिवस सम्पन्न

धादिङ। वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० हेक्राङ स्थित रहेको सहिद स्तम्भमा दिप प्रज्वलन गरि २३ औँ मजदुर वलीदान दिवस नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवलय सदस्य तथा वेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेको प्रमुख आतिथ्यतामा सम्पन्न भएका हो ।

२०५८ साल फागुन ११ गते कालीकोट जिल्लाको कोटवाडा विमानस्थल निर्माण गर्ने क्रममा तत्कालीन शाही नेपाली सेनाले माओवादी भनी तत्कालीन जोगीमाराका १७ जना सहित ३५ जनाको सामूहिक विभत्सा हत्या गरेको थियो । सो हत्या गरेको दिनलाई स्मरण गरी प्रत्येक बर्ष फागुन ११ गते मजदुर वलीदानी दिवस कार्यक्रम गरि सम्झाने गर्दछ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि विवेक थपलियाले सहिदलाई सहितको मन्तव्य राख्दै सहिद परिवारलाई आर्थिक रुपमा माथि उकास्नका लागि उत्पादनसंग जोडिने बताउदै क्षमता तथा सीप बिकास तालिममा सहभागी गराउने स्पष्ट पार्नुभयो । गाउँपालिकाले सहिद परिवार,चेपाङ समूदाय, विपन्न वर्ग,दलित समूदायलाई साझा प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माणाधीन रहेको सहिद स्मृति पार्कको समेत अनुगमन गरेको छ ।

अध्यक्ष थपलियाले आफु निर्वाचित भएको पहिलो वर्ष विउ पुँजीको रुपमा गाउँपालिकाभित्र रहेका सबै सहिद परिवारलाई नगद रु ५० हजारको दरले सहयोग समेत गरेको बताउनुभयो । सहिद परिवारको सदस्य समेत रहेका गाउँपालिका अध्यक्षले अध्यक्षसंग सहिद परिवार भेटघाट कार्यक्रम नै राखेर आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com